जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ!

जर्मन कवि हेनरिख हाईनेको कविता ….म आगोको ज्वाला हुँ/अनुवादः जय कार्की
म तरवार हुँ
म आगोको ज्वाला हुँ,
जब अँध्यारो हुन्छ
बत्ती बालिदिन्छु म तिमीलाई
बाटो नविराउनु भनी,
जब युद्धको शंखघोष हुन्छ
मोर्चाको अग्रपंक्तिमा भिड्छु म
एकदम अघिल्लो पंक्तिमा………
हामीलाई शोक मनाउने फुर्सद छैन
विगुलको नयाँ धुन बजेको छ
नयाँ लडाईँको सुरुवात भएको छ ।
म तरवार हुँ
म आगोको ज्वाला हुँ ..
हेन्रिख हाइने
यो कविता मैले नेपालमा तत्कालीन नेकपाले जनयुद्ध संचालन गरिरहेको र राज्यसत्ताले भने संकटकाल र कफ्र्यु लगाएर अर्को कन्तबिजोक भनौं वा तान्डवनृत्य खेलिरहेको अवस्थामा युरोपियन ओमेन अन द लेफ्ट नामको कृतिबाट अनुवाद गर्ने प्रयत्न गरेको थिएँ ।त्यो बेला यो कविता निक्कै सान्दर्भिक लागेर भावानुवाद गरेको थिएँ । त्यो बेला यस्ता कविताहरुलाई पनि हतियार सरह मानिजन्थ्यो । जतनपूर्वक राख्ने हुँदा मूल कपि पनि बेपत्ता अनुदित पनि बेपत्ता भएकोे थियो । मैले धेरै पटक खोजें तर कहिल्यै भेटिन । तर आज अचानक सन १९१९ मा हत्या गरिएका विश्वयुद्ध विरोधी महान जर्मन समाजवादी नेता कार्ल लिबनेख्तको लेखभित्र फेला पारेकोले यहाँहरु समक्ष प्रस्तुत गरेको छु । धन्यवाद
posted September 26, 2022.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*