जाँगरिला जाग्छन्-जय कार्की

-जय कार्की
एक भाग्छन्,
शय आउँछन्
असन्तुष्टहरु सुतेपनि,
कैयौं जाँगरिला जाग्छन
एक हुल ढुलमुले ढल्छन्
दर्जनौसंगैका सहयात्री
निराशाको घोडा चढ्छन्
शयौंले धारेहात लगाउँछन्
बर्गीय विभेद खत्तम नभएसम्म
नयाँ उमङ्गकासाथ
शयौं क्रान्तिकारी जागि रहन्छन्
लाखौंलाख उज्जल नक्षेत्रहरु जन्मिई रहन्छन्
थोत्रा विचारधारी, मौकावादी भागेपनि,
संसार फेर्ने सपुतहरु जन्मिई रहन्छन,
दोब्बर उत्साहकासाथ जुरुजुरु उठिरहन्छन्
उम्केको माछोलाई ठुलो ठान्ने होईन,
मैदान छाडी भाग्नेको उपसना गर्ने होईन
आपसमा बसि स्वस्थ मन्थन गरौं
आउँने स्वागतद्धारलाई खुल्ला राखी
भाग्ने जस्केलामा बिचारको
गतिलो ताल्चा मारौं ।
एक जान्छन्
शयौं आउँछन्
5 April 2022.
Chaitra 23,2077.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*