पाप-जय कार्की

बुढा पाकाले पाप धुरीबाट कराउँछ भन्थे-
हो रहेछ,
जागिर खाँदा गरेको अकुत भ्रष्टाचारको पापले
अहिले भत्भत् पोल्न थालेको छ
रिटायर पछिको आरामको जिन्दगीमाथी
धावा बोलेको छ
अब त पचाएँ भनि हाइसन्चोको
आराममा थिएँ
समाजका अघि
ठाँटले आरामको जिन्दगी बाँचेको थिएँ
कुकर्म भनेको आखिर कुुकर्म नै रहेछ
पिण्ड खाने उमेरमा जेलमा जाकिनु परेको छ ।
समाजका अघि दुत्कारित पात्र बनि
स्वाँ स्वाँ सास फेर्नुु परेको छ
मेरा बैंशका पापकर्म
धुरी छेडेर चिच्याउँन थालेको छ
यो कुकर्म कसैले नगरुन्
मर्ने बेलामा कसैले पनि
नर्कको बास
जेल चलान हुनुनपरोस्
– Jaya Karki
Saun 1, 2080.

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*