फेरि जीवन फुलाउनेछौँ – अजय निरौला

भदौ दश गते, बिहान ठ्याक्कै नौ बजे,
उत्तरबाट गर्जँदै आयो रसुवा खोला।
चीनको सिमानादेखि बगेको बिनाश,
एकैछिनमा निल्यो हाम्रो बस्ती र सपना।
चियाको भाप सकिएन,
स्कुलको घण्टी बज्न पाएन।
आमाको “छोरा आउ” भन्ने आवाज,
रसुवा खोलाले बगाएर लग्यो।
घरहरू थिएनन्, पुलहरू थिएनन्,
सडकमा नाम र निशान मात्रै बाँकी।
तर नेपालीको मुटु अझै बाँकी छ —
एक अर्काको आँसु पुछ्ने हात बाँकी छ।
रसुवा, तिमी एक्लो छैनौ।
पहाडदेखि तराईसम्म सबैको मन रोएको छ।
यो घाउ हामी मिलेर स्याहार्नेछौँ,
रसुवा खोलाको किनारमा फेरि जीवन फुलाउनेछौँ।
गुमाएकाहरू प्रति श्रद्धाञ्जली,
बाँचेकाहरूलाई शक्ति।
अब यस्तो कहिल्यै नदेओस्।\

अजय निरौला
सुनसरी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*