मजदुरलाई ओछ्याउने हो,मजदुरलाई नै कज्याउने हो ।मजदुरलाई नै चुसी चुसी खाएर–आँपको कोयो फाले झैं,कुडा कर्कटमा फाल्ने हो ।मजदुरलाई नै कागति निचोरेर,कागतिको छोक्रा र बोक्रा फाले झैं फाल्ने हो ।मजदुरलाई नै ओढ्ने हो,मजदुरलाई ओछ्याउँने हो ।पत्रु र घिनलाग्दो भएपछि,कपडा पेल्ने मेसिनमा हाली–रिसाइकल गरी चकटी बनाईचाकमा ओछ्याउने हो ।खबरदार अब ती दिन गए,दमनकारी जंजीरलाई धुजाधुजा पार्नकालागि–मजदुरवर्ग आफै प्रतिरोधको बिगूलफुक्न सक्षम र तयार भई,अब अघि बढे ।
–जय कार्की
फागुन १६, २०७९
Be the first to comment