क्लारा जेट्किन (५ जुलाई सन १८५७ जुन २०, १९३३) एक जर्मन माक्र्सवादी सिद्धान्तकार, कम्युनिस्ट कार्यकर्ता, र महिला अधिकारवादी
बेबेलकी प्यारी चेली तिमीले आधा आकासलाई
मुक्त गर्ने प्रण गर्यौं
अनेकौं हण्डर खायौ
फासिष्टको नजरमा खतरणाक सावित भयौं
प्यारो मातृभूमि त्यागी विदेशिन बाध्ये भयौ ।
युवाकालमै जीवनसाथी गुमायौं,
गरिबी र टिबीलेग्रस्त भई प्राण पखेरु उड्नै लागेपनि
दुई लालाबालालाई हुर्काई छाड्यौ ।
नारी बन्धनको हतकडीलाई धुजाधुजा पार्दै
आधा आकाशलाई मुक्त गरिछाड्यौ ।
जेट्कीन तिमी नारी मुक्तिदाता हौ ।
फासिष्ट सत्ता तेरो अन्तिम दिन
आईपुग्यो भनि लल्कार्न भ्यायौ
संसदको अध्यक्षता गर्दै चुनौति दिन भ्यायौ ।
विश्व समाजवादी नारी आन्दोलनको
तिमी प्रकाशपुञ्ज हौ ।
क्रान्तिको बाटो कति असहज र जोखिमपूर्ण थियो
पहिलो पटक तिमीले बतायौ ।
तर तिमीले कहिल्यै हरेस खाइनौ
जहाँ स्त्री पींडा
त्याहाँ जागरणको मसाल झोस्न तिमी पुग्यौ
जहाँ दमन त्याहा प्रतिरोध गर्न पुग्यौ
आदरणीय कामरेड जेट्किन!
यो धर्तिमा तिमी
नारी मुक्ति आन्दोलनको पर्याय बनिरह्यौ
………………………………….
“महिला मुक्ति शोषित वर्गको विजयमा निर्भर गर्दछ ।”
-
– क्लारा जेट्किन
क्लारा जेट्किन (५ जुलाई सन १८५७ जुन २०, १९३३) एक जर्मन माक्र्सवादी सिद्धान्तकार, कम्युनिस्ट कार्यकर्ता, र महिला अधिकारवादी हुनुहुन्थ्यो ।
सन १९१७ सम्म, जर्मनीको सोशल डेमोक्रेटिक पार्टीमा सक्रिय हुन भयो । त्यसपछि जर्मनीको इन्डिपेन्डेन्ट सोसल डेमोक्र्याटिक पार्टी र त्यसपछि क्रान्तिकारी वामपन्थी स्पार्टासिस्ट लीगमा सामेल हुनुभएको थियो ।
यो पाटीको नाम पछि जर्मनीको कम्युनिष्ट पार्टी हुन गयो।
सन १९२० देखी सन १९३३ सम्म वाइमर रिपब्लिकको समयमा राइखस्टागमा (जर्मनीको संसदमा) त्यो पार्टीको प्रतिनिधित्व गर्नुभएको थियो ।
जुलाई पाँच माक्र्सवादी सिद्धान्तकार, सामाजिक कार्यकर्ता तथा महिला अधिकारका लागि क्रुसेडर क्लारा जेटकिनको जन्मजयन्ती हो।
सन १८७१ मा जेट्किन जर्मनीको सामाजिक लोकतान्त्रिक पार्टीको संस्थापक सदस्य हुनुभयो । कम्युनिस्ट इन्टरनेशनलको सदस्य सन १९१० देखि १९२१ सम्म अन्तर्राष्ट्रिय महिला सचिवालयको अध्यक्षको रूपमा काम गर्नुभएको थियो ।
-
Jaya Karki
-
6 July 2023.
-
Kathmandu, Nepal.
Be the first to comment