रोगी देश-शहीद तथा श्रष्टा “इच्छुक

  • शहीद तथा श्रष्टा “इच्छुक रचनावली भाग दुई” बाट

रोगी देश
ठूलो आँधीले ढालेको बुढो बृक्षझैं
अस्पतालको शैयामा
अशक्त र रोगाक्रान्त भएर ढलिरहेछु म
बर्सातको बेला
बलेनीमा उठ्ने पानीका फोकाहरु जस्तै
मनभित्र पींडाका असह्य सोलाहरु उठिरहेछन्
र, यस्तो लाग्छ
आज म होईन
पूरै देश नै कष्टप्रद रोगले जर्जर भएर
अस्पतालको शैयामा ढलिरहेको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*