माक्सिम गोर्कीको विश्व चर्चित “आमा” उपन्यासबाट

चेतना श्रृङ्खला- 

गोर्कीसंग भएको एक वार्तालापको सिलसिलामा लेनिनले आमा उपन्यासबारे भन्नु भएको थियो- “जरुरी पुस्तक हो, धेरै मजदूरहरु क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतःस्फूर्त रुपमा भाग लिँदै थिए । अब आमा उपन्यास पढेर उनीहरुले निकै फाइदा उठाउँने छन् …अति समयनुकूल पुस्तक हो यो ।” रुसमा आमा उपन्यास सन १९०७ मा प्रकाशित भएको थियो ।

त्यसबेला यसका लेखक माक्सिम गोर्की करिब चालीस बर्षको हुनुहुन्थो । गोर्कीका प्रारम्भिक कृतिहरुमै महान् कलात्मक उपलब्धिहरुका पूर्वाधारहरु देखा परेका थिए । स्वयम् उपन्यासकारले अत्यन्त कठोर जीवन बिताउँनु भएको थियो तापनि यी कृतिहरु यथार्थवादी र असाधारण जोशिलो गुन्जनले भरिपूर्ण थिए, “साहसी पागलपना” को वीरतापूर्ण स्तुतिगान थिए ।

तर गोर्कीका अझ समाजवादी चेतना आइसकेको थिएन, उहाँले सर्बहारावर्गको ऐतिहासिक महत्व बुझिसक्नु भएको थिएन । उहाँको कृतिहरुमा स्वयम् मजदुरवर्गलाई शोषित, उत्पिडित र दलितवर्गको रुपमा मात्र चित्रित गरिएको थियो ।

मजदुरवर्गलाई उहाँले अझै त्यस महान शक्तिको रुपमा प्रस्तुत गरिसक्नु भएको थिएन, जो आफुलाई र समस्त श्रमिक जनतालाई दासताको बन्धनबाट मुक्त गर्न समर्थ छ । गोर्कीको चेतनामा परिवर्तन ल्याउनको लागि मात्र एउटा ठक्करको आवश्यकता थियो र सन १९०५ को प्रबल क्रान्तिकारी आन्दोलन यस्तै ठक्कर साबित भयो ।

यस क्रान्तिबाट तीब्र प्रेरणा पाउनुभएको गोर्कीले “हुरी चराको गीत” लेख्नुभयो । के कुरा पनि कम महत्वपूर्ण थिएन भने लेनिनको बाटो नै गोर्कीको पनि बन्न गयो । शुरुमा गोर्कीले लेनिनका कार्य तथा विचारहरु स्वीकार गर्नुभयो र पछि गएर स्वयम् लेनिन उहाँको घनिष्ठ मित्र, गुरु र नेता बन्नुभयो । लेनिनवादको अनुयायी पनि गोर्की आफ्नै तरीकाले बन्नु भयो । एक साहित्यकारको रुपमा मानवतावादी समस्याहरुले गोर्कीलाई अति चिन्तित तुल्याउँथे ।

सन १९०१ म नै आफ्नो “टक्कर” नाटकमा गोर्कीले समाजवादी चेतनासम्म पुगिसकेका मजदुर एबम् सर्वहारा क्रान्तिकारी नीलको चित्रण गरिसक्नु भएको थियो । “नरकको पीँध” नाटकमा गोर्कीले साँचो र झुटो मानवतावाद सम्बन्धी समस्याहरुलाई अझ बढी बिस्तारपूर्वक र गहिरो तरीकाले प्रस्तुत गर्नुभयो ।

  • माक्सिम गोर्कीको विश्व चर्चित यसै “आमा” उपन्यासबाट
  • Jaya Karki Asar 11,2079

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*