लैंगिक असमानताको पर्खाल ढालिन्छ -जय कार्की

फरक दृष्टि र अलग कोणको
लेपन नलगाउ हामीलाई
जानी राख मनुवा हो
हामी बराबरीका हौं
भ्रम नपाल
हामी मंगल र शुक्र ग्रहबाट
अलग अलग पृथ्वीमा ओर्लेका होइनौ
श्रम र शिपले बराबरी बनाउँछ
हामीलाई
ज्ञान र बुद्धिले लैंगिक असमानताको
पर्खाल ढालिदिन्छ ।
हामी सक्षम छौं,
हामी सक्छौं ।
हामी काँधमा काँध मिलाई
विभेद र बिभाजनलाई
पुर्नसक्छौं
अन्ध विश्वासलाई समाप्त
पार्न सक्छौं
श्रम र शिपले
समानताको ढोका
खोल्छ !
खोल्छ!!
………..
जय कार्की
Pic. लौरा नाइट (1877-1970), रुबी लोफ्टस ब्रीच-रिंग स्क्रू गर्दै, 1943

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*