शहीदको बकपत्र – जय कार्की

………………….सन्दर्भ मजदुर बलिदान दिवस……………………..
अमर-अजर छ इतिहास हाम्रो.
गौरबगाथाले भरिभराउँ छ बलिदान हाम्रो ।
हामी नयाँ नेपाल, नयाँ युग निर्माणका
खातिर हाँसीहाँसी
यातना भोग्न तयार थियौं,
बर्गबैरी सामु लम्पसार पर्न
मरे तुल्य ठान्यौ ।
स्वाभिमानका खातिर
बलिबेदीमा होम्मिएका थियौं ।
त्यसकारण
बेपत्ता र शहीदको ताँती निकै
लामो छ हाम्रो ।।
आशावादी छौं हामी नेतृत्वप्रति
तुच्छ ब्यैक्तिक स्वार्थलाई परित्याग गर्दै
विचारमा लागेको धुलोमैलो टक्टक्याई
टुटेका फुटेका मनहरु एकजुट हुनेछन
बर्गबैरीमाथि फेरी धावा बोल्दै
धुलो चटाई छाड्ने छन्
तबै त,
हाम्रो सपना अवश्य साकार हुनेछ
हाम्रो यो धर्तीमा
अवश्य समाजवाद आउँने छ ।
श्रमजीविबर्गको रातो झण्डा
सगरमाथाको यो देशमा
सँधैका लागि फर्फराई रहने छ ।
शहीदको बलिदान कहिल्यै गल्दैन
र, जाँदैन यो धर्तीबाट खिएर ।
माघ ३०, २०७७ साल
जोरपाटी काठमाण्डौ

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*