मईको दिवसको इतिहासमा अबिछिन्न जोडिएको रुसको लेना सुनखानी मजदुरको नृशंस हत्याकाण्ड एक चर्चा
पृष्ठभुमि: रूसको साइबेरियाको लेना सुनखानीका मजदुरहरुले उचित ज्याला र उचित कार्य घंटा लगायतको माग राखेर २५०० मजदुरहरु हड़तालमा उत्रेक़ा थिए । सुरक्षा प्रहरीले हड़तालमा ऊत्रेका मजदुर नेताहरुलाई गिरफ़्तार गरेपछि आक्रोशित मजदुरहरुको जुलूसले सुरक्षा प्रहरी समक्ष रिहाईको माग़ अघि बढ़ायो । जारक़ो प्रहरीले अंधधुंद गोली चलाई २७० जनाको हत्या ग़र्यो भने २५० जना शख़्त घाइते भएका थिए ।

लेनिनले आफ़नो भाषण र लेखहरुमा र मई दिवसको पर्चामा यो हत्याकाण्डक़ो पर्दाफ़ास गर्दै क्रूर जारलाई कड़ा चेतावनी दिदै घटनाको भर्त्सना गर्नु मात्र भएन की जार सत्ताको अंत्य गर्न मजदुर शक्तिले राजनीतिक परिवर्तनको बाटो लिनुपर्छ भनि व्यापक मजदुर आंदोलनको अपील गर्नु भयो । निष्कर्ष: लेना सुनखानीको हत्याकांड जार शासकको लागि निक्कै महँगो साबित भयो र रूसी मजदुरमा नया चेतना आयो । अक्टूबर क्रांति सफल हुनुमा यो निर्मम हत्या कांडले थप सहयोग पुग्यो ।
जार सत्ताप्रति असीमित घृणा जगायो । यो हत्या कांड रूसी मजदुर आंदोलनको इतिहासको क़ालो पाटो हो । समाजवादी सोभिएत सत्ताले लेना सुनखानीका स्रमिक सहिदको यस्तो आश्चर्यजनक सहिद स्तम्भ खड़ा गरेको थियो । लेना सुनखानीको मजदुर हत्या कांडको इतिहास मई दिवससित प्रत्यक्ष गाँसिएको छ। यो घटना सन १९१२ को अप्रिल १७ का दिन घटेको थियो ।
- जय कार्की
- गोकर्नेशवर न.पा. काठमाडौ
- 18 April 2024.


Be the first to comment