श्रमिक!
पैदल हिडेर जन सभा धाउने
पनि श्रमिक नै हो ,
जुलुसमा हुल बाँधेर आउँने,
पनि श्रमिक नै हो ,
भोट दिने पनि श्रमिक नै हो
आफ़नो ज्यान दिएर सहिद
हुने पनि श्रमिक ,मजदुर नै हो,
सडकमा
देखेको छु शहरी भन्दा गाँउले
श्रमिक पसिना बगाएर पानी
जुत्ता लाएर काँधमा काँध
मिलाएर साथ दिएको ।
यिनीहरुको भुमिका कति
अनिवार्य छ महत्वपुर्ण छ,
तर
यिनीहरुको अवस्था कति
शोचनिय छ, आज चिया बगानको अवस्था अति
दुखदायक छ अवस्था झन
झनै खराब हुँदै जादैछ ,
बर्षौ बिते उनिहरुको माँग
पूरा भएन,न नेता न सरकार
कसैले सोंचेन ,
चुनाव,
नगिचै आउँदा घोषणा पत्रमा
विभिन्न मुद्धाहरु लिएर धेरै
आश्वासन साथै रोजगारको
आश्वासन दिएको हुन्छ ,
कि ,
आश्वासन चुनावसम्म मात्र
हो , अहिले चुनावमा कमि
आउँनु पनि बेकारी समस्या
नै हो ,
चुनावमा एकताको गर्मी पनि
देखियो भने सरकारले जनता
प्रति कति नर्मी देखाउने हो
नेताको जस्तो सुकै चाल होस
सुर मिलाएर नाँचेकै छ श्रमिकबर्ग आसा, बोकेर ,
बाकी
जनता मजदुर बेकारी सबै
समस्या हल हुने सहुलियत
पाउने झिनो आसा राख्नु पर्ने ।
भोट,
हत्याउन आश्वासन मात्रा हो
कि नयाँ सरकार नयाँ उमंग
लिएर आउँने हो ,गठन पश्चात
आसा मात्रा देखाउने हो ,
आज बगानमा चियाको मुनाहरु
हेर्दै सोच्दैछु ।
20 April 2019.


Be the first to comment