कैयन सरकार र मन्त्रीहरुको खोक्रो
अनुगमन र आश्वासनमा
जुनि बिताई रहेको
बिचरो इतिहासको पुरानो पन्नामा
छोपिएको बेवारिसेमा परेको
भुसतिघ्रे कारखानाको पर्खालमा
झुण्डिदा झुण्डिदै
घाम पानीको थप्पड खाएर
थिलथिलो भएको मागपत्र
थाक्नुसम्म थाकिसक्यो
सबका अघि
हाँसोको पात्र बनिसक्यो
गिज्याउनुसम्म गिज्याई सकेखुइलिएर दश दशक पार गरेको
बृद्धको अनुहार जस्तो जर्जर भैसक्यो
तर पनि खबरदारी गरिरहेको छ
मागको ब्यानर झुत्रो भएर के भो ?
मजदुर बृद्ध भएर के भो ?
अत्याचारीले बर्खास्त गरेर के भो ?
त्यो माग हृदयमा कुँदिएको छ
अझै टड्कारो छ, झरिलो छ
अझै रातो र तातो छ ।उस्ले हिम्मत गुमाएको छैन
भरोसा र आसा गुमाएको छैन
एक श्वरमा नारा लगाई रहेछन्
एक हुल मजदुर
“हाम्रो जायज माग पूरा गर
नेपाल सरकार!”माघ २५ गते, २०७९ साल
Be the first to comment