– जय कार्की
क्षणिकका लागि विध्वंश नै मच्चाउँछ ।
मनपरी दमनचक्र चलाउँछ
कालोलाई सेतो भन् भन्छ
सेतोलाई कालो भन्न लगाउँछ
सोझोलाई बाङ्गो भन्न लगाउँछ
बाङ्गोलाई सोझो भन् भन्छ
अपराधीलाई सन्त भन् भन्छ
सन्तलाई कुलंघारको आरोप लगाउँछ
मनपरी हुकुम चलाउँछ
जनताको हुर्मत नै लिन्छ
र, सबै पराकाष्टालाई पार गर्दै
राज्य आतंक खडा गर्दागर्दै
बलिष्ठ भएको स्वाँङ रच्दारच्दै
तासको महल झैं
गल्र्याम गुर्लुम्म ढल्छ ।
अन्ततः जित संधै अग्रगामीहरुकै हुन्छ
अन्तः जित सत्यकै हुन्छ
अन्ततः जित जनताकै हुन्छ ।
फासिष्ट- पश्चगमन संधै रुँदै कहालिदै ढल्छ ।
………………………………..
Jaya Karki
२०७८ साल, माघ १८ गते
Be the first to comment