जाग्यो !
उठ्यो !!
परिर्वतनको विचार बोक्यो
लौ अब सुतेर हुन्न भनि
रक्तरंजित झण्डा बोकी
हरेक प्रतिष्ठान र प्रदेशमा उत्रियो ।
अब सुत्नु हुन्न!
अब फुट्नु हुन्न!
बिकृति र बिसंगतिलाई फालेर,
अग्रमोर्चामा डट्नुपर्छ
अब जुरुक्क उठ्नुपर्छ
स्थानीय निकायमा छिर्नुपर्छ
प्रतिष्ठान र प्रदेशलाई संगठन्मय
बनाउँनु पर्छ ।
कुनैपनि श्रमिक
अलमलमा पर्ने बर्गै होइन
जुरुजुरु उठ्नैपर्छ ।
दिँदैनन् अधिकार
निवेदन हालेर
जुम्ले हात जोडेर
दाम र भेटी चढाएर
लिनैपर्छ संघर्ष गरेर
आन्दोलन गरेर ।
……………..
जय कार्की
भाद्र २१ गते
काठमाण्डौ
Published by
Jaya Karki
Septembar 6, 2022
Be the first to comment