“साथी लेनिनसित कुराकानी”-भ्लादिमीर मायाकोभ्स्कीको कविता:
कामको डंगूर,घटनाको हलचलबोकेर गयो दिनविस्तारै अँध्यारिंदै ।कोठामा छौं दुईजना :म र लेनिनसेतो भित्तामाटांगिएको तस्वीरभाषणको जोड पर्दाखुलेको छ मुख,जुंघाका रौं छनठाडिएका मास्तिर ।निधारका रेखाभित्रजकडिएको छमानववादिता,ठूलो ललाटमामहान् विचार ।

सम्भवत :,लहराईरहेका होलान्त्यसभित्र हजारौं तरंगहरु……..झण्डाका जंगलहरुहातैहातका झाडीहरुउठें म मेचवाट,आनन्दले प्रज्वल्लित हुँदै,र चाहन्छुअघि वढनअभिवाद गर्न,प्रतिवेदन सुनाउनसाथी लेनिनसुन्नोस् मेरो प्रतिवेदन,औपचारिक होइन,आत्मीयताको भाषामा ।साथी लेनिन,काम छ नारकीयतर पूरा गरिने छर पूरा हुंदैछ पनि ।उज्यालो पार्दैछौं,दिंदैछौं खान लाउनभोका र नाँगाहरुलाई,कोईला र फलामकोवढाउँदैछौंउत्पादन……तर यसवाहेक पनिथुप्रै छनथरी थरीकाकैयौं उल्झन र झमेलाहरु ।थाकिन्छ अवश्यसामना र प्रतिक्षा गर्दै,तपाईको अनुपस्थितिमाकैयन्काबूबाहिर भैसके ।अनेक प्रकारकागद्दारहरुधेरैघुम्दैछन्हाम्रो भूमिमार वाहिर चारैतिर ।गनेर गन्न सकिंदैनतिनीहरुकोसंख्या र नामलामोफिरिस्त नैहुनेछ तैयार ।कुलाकहरु !र नौकरशाहहरु,खुशामदी,चुक्लीखोरर रक्सीवाजहरुहिंड्छन्,गर्वले छाती फुलाएर,पाखुरामा विल्ला लगाएर,र कलरमा ब्याच भिरेरहामीती सवैलाई आखिरअवश्य, घोक्य्राउनेछौकठालो समातेर,यद्यपियो सब गर्नज्यादै छ गाहो ।साथी लेनिन,धुवां ओकल्ने कलकारखानामा,हिउं र बालीलेढाकिएकाफांटहरुमा,साथी !तपाईको हृदयर नामद्धाराविचार्दछौं,सास फेर्छौसंघर्ष गर्छौर वांचेका छौंकामको डंगूर,घटनाको हलचलबोकेर गयो दिन,विस्तारै अंध्यारिदै ।कोठामा छौं दुईजना ःम र लेनिनसेतो भित्तामाटांगिएको तस्वीर
.महान अक्टोबर क्रान्तिको सन्दर्भमा भ्लादिमीर मायाकोभ्स्कीको कविता: लेनिन गाथाबाट


Be the first to comment