कवितास् संसारभरी डरै डर एदुआर्दो गलियानो (जन्म ३ सेप्टेम्बर सन १९४०-दिबङगत १३ अप्रिल २०१५उरुग्वे दक्षिण अमेरिका)
जो मानिस काम गरिरहेका छन्
उनीहरु भयभित छन् काम छुट्छ कि भनी
जो काममा लागेका छैनन् उनीहरु भयभित छन्
कहिल्यै काम नपाउँने हो कि भनी
जस्लाई भोकको चिन्तै छैन
उ पनि भयभित छ खान्की कै लागि
लोकतन्त्र भयभित छ संझाना गराउँनाले
र भाषा भयभित छ बोल्नु परेकोले
आम नागरिक डराउँछन् सेनासित
सेना डराउँछन् हतियारको अभावले
हतियार डराउँछ युद्ध हुँदैन कि भनेर
यो भयको समय हो
महिलाहरु डराउँछन् हिंंसक पुरुषसित
र पुरुष डराउँछन् निर्भय महिलासित
चोरको डर,पुलिसको डर
बिना ताल्चाको ढोकासित डर
घडी बिना समयको
टेलिभिजन बिना बच्चाहरुको डर
निद्राको गोली बिनाको रात र गोली बिना ब्युँझेको दिन
भिडको भय, एकान्तको भय
भय पहिला के थियो र अब के हुनसक्छ
मरिन्छ कि भन्ने भय
बाँच्नुको भय!
( महान लेखक गलियानोको कविताको ग्लोबल फियरको भावानुवाद हो ।
भावानुवादः जय कार्की


Be the first to comment